आय विवरण पेश गर्ने म्याद थप को पुनः निवेदन दिन मिल्छ ?

हाम्रा  Valued Subscribers बाट आय विवरण पेश गर्ने म्याद थपका सम्बन्धमा विभिन्न प्रश्नहरु हामी समक्ष प्राप्त भएकोले ती प्रश्नहरुलाई Compileगरी यस सँग सम्बन्धित कानुनी व्यवस्था र उपचारलाई एकमुष्ट प्रस्तुत  गरेका छौ ।
प्रश्न नं.१  आय विवरण पेश गर्ने सम्बन्धमा म्याद थप सम्बन्धि कानुनी व्यवस्था के छ ?

  • कुनै करदाताले दफा ९६ अनुसारको  आय विवरण असोज मसान्त सम्म दाखिला गर्ने नसक्ने भएमा विभाग समक्ष म्याद थपको लागी लिखित निवेदन दिनु पर्छ  ।
  • म्याद थप गर्नु पर्ने कारण मनासिव लागेमा विभागले आय विवरण दखिला गर्नु पर्ने म्याद एकै पटक वा पटक पटक गरि बढिमा तीन महिना अर्थात  पुस मसान्त सम्म थप गरिदिन सक्छ
  • करदाताले म्याद थपका लागी दिएको निवेदन सम्बन्धमा विभागले गरेको निर्णय चाहे त्यो म्याद थपको स्विकृती दिएको होस वा नदिएको होस सो को जानकारी सम्बन्धित करदातालाई लिखित रुपमा दिनुपर्छ ।
  • बिभागले म्याद थपको सम्बन्धमा  गरेको निर्णय करदातालाई चित्त नबुझेमा दफा ११५ बमोजिम प्रशासकीय पुनवालोकनको लागी सो कर दाताले विभाग समक्ष निवेदन दिन सक्छ  ।
प्रश्न नं २  कुनै करदाताले आय विवरण पेश गर्ने म्याद थप गर्न के गर्नु पर्छ?
कानून अनुसार विभागमा निवेदन दिनु पर्ने भए पनि अभ्यासमा विभागकोwww.ird.gov.np   मा रहेको करदाता पोर्टल माLog Inगरि म्याद थप को लागि  कारण उल्लेख गरि निवेदन दिइन्छ ।  पोर्टलमा निवेदनSubmitगरिसके पछि स्वतः निवेदनVerifyभै म्याद थपिन्छ।  यस अघि सबै करदाताले पुष मसान्त सम्म म्याद थप्न मिल्नेमा यस पालि विभागले निश्चित करदाताले मंगसिर मसान्त सम्म मात्र म्याद थप गर्ने मिल्ने गरि विभागको पोर्टल मा व्यवस्था गरेको थियो। 
प्रश्न नं ३  मंगसिर सम्म म्याद थप भएका करदाताले मंगसिर मसान्त आय विवरण पेश गर्न नसकेमा पुनः म्याद थप गर्न मिल्छ?
मनासिव माफिकको  कारण उल्लेख गरि पुनः म्याद थप को निवेदन मिल्ने कानूनी व्यवस्था छ । 
प्रश्न नं ४  IRDको पोर्टल मा म्याद थप गर्ने  Option  नदेखाए के गर्ने?
आफु दर्ता रहेको सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयका प्रमुख कर अधिकृतलाई सम्बोधन गरि समयमा आय विवरण पेश गर्न नसकेको कारण उल्लेख गरि थप म्यादको अनुरोध सहितको लिखित निवेदन सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दर्ता गर्ने ।
प्रश्न नं ५ लिखित निवेदन दर्ता गर्न नमाने के गर्ने?
कानून बमोजिम लिखित निवेदन दर्ता गर्न नमान्न मिल्दैन ।  यसरी निवेदन दर्ता गर्न नमाने सो को कारण लिखित रुपमै माग गर्नु उचित हुन्छ । 
प्रश्न नं ६  निवेदनमा म्याद थप गर्नु पर्ने कारण उल्लेख गर्ने पर्ने कि नपर्नै?
मनासिव माफिकको  कारण उल्लेख गर्नू पर्ने। 
प्रश्न नं ७  कस्ता कारण मनासिव माफिकका कारण हुन सक्छन?
लेखापरिक्षण सम्पन्न नभएको,  Accountant विमारी विदामा बसेको,निर्देशकहरु बाहिर भएको अवस्था,  Debtors  Creditors  बाट Balance Confirmation  प्राप्त हुन बाँकी,पार्टीले अग्रीम कर बुझाइदिन बाँकी आदि इत्यादि। 
प्रश्न नं ८   विभागले म्याद थप नगर्न सक्छ?
विभागलाई म्याद थपको कारण मनासिव नलागेमा सो को जानकारी लिखित रुपमा करदातालाई दिइ म्याद थप नगर्ने पनि सक्छ
प्रश्न नं ९  म्याद थप नगर्ने लिखित आदेश दिएमा के गर्ने ?
  • म्याद थपको अनुमति नदिएमा कारण सहित कर अधिकृतले गरेको लिखित निर्णयको प्रतिलिपि माग गर्ने।  
  • म्याद थप नगरिएको निर्णयको पत्र प्राप्त गरेको तीस दिन भित्र विभागमा प्रसशाकीय पुनरावलोकनको लागी निवेदन दिने र साथै पौष मसान्त नकटने गरि यथाशिघ्र आय विवरण पेश गर्ने

 

Social Links