३९ लाख व्यक्ति तथा संस्था करको दायरामा


काठमाडौं । सरकारलाई करमा तिर्ने गरी नयाँ करदता यो वर्ष करिब पाँच लाख करदाता थपिएका छन । चालू आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा ३९ लाख व्यक्ति तथा व्यवसायिक निकाय करको दायराभित्र आएका हुन् । अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्ममा २३ लाख ५४ हजार ३६० व्यक्तिगत, १५ लाख ४८ हजार ९०४ व्यवसायिक र आठ हजार २०० कर कट्टि गर्ने निकायले स्थायी लेखा नम्वर (पान) लिएका छन् । सरकारले व्यवसायीलाई बी पान, व्यक्तिलाई पी पान र कर कट्टि गर्ने निकायलाई डब्लु पान दिने गरेको छ ।

पान नम्बर लिनु भनेको व्यक्ति तथा व्यवासायी करको दायराभित्र आएको उल्लेख छ । सरकारले करको दायरा बढाउन र राजश्वको स्रोत तथा पहुँच बढाउन प्यान नम्बर बढाउने अभियान नै चलाइरहेको छ । कर रहरले तिरौं कहरले होइन भन्दै अभियान यस अघि नै चलाउँदै आएको छ । यसले कर इच्छाले मात्रै नभएर अनिवार्यसम्म तिर्नुपर्छ भन्ने सन्देश पनि प्रवाह भएको छ । जसका कारण पान नम्बर लिनेको करदाताको संख्या चालू आवको आठ महिनामा गत वर्षको सोही अवधिको तुलनामा पाँच लाख ७३ हमजार ९७२ ले थपिएका छन् ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा करको दायरामा विस्तार भएको छ भने स्थायी लेखा नम्बर लिनेबाट हुने करको योगदान पनि बढ्ने उल्लेख छ । फागुनसम्ममा मूल्य अभिवृद्धि कर (भ्याट) लिने २८ लाख २५ हजार ५२६ र अन्त शुल्क लिने एक लाख नौ हजार २९८ रहेको पनि अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक तथ्यांकमा उल्लेख छ ।

सरकारले कर सहभागिता अभिवृद्धि गर्न आर्थिक ऐन २०७७ अनुसार स्थायी लेखा नम्बर लिइ आय विवरण पेश नगर्ने वार्षिक ५० लाख रुपैयाँसम्मको कारोबार गर्ने प्राकृतिक व्यक्तिले २०७७ फागुनभित्र विवरण पेश गर्न आग्रह गरेको थियो । ययरी विवरण पेश गरेर दाखिला गरेमा छुट दिने सुविधा दिएको थियो । यस्तो सुविधाबाट सरकारलाई ३७  हजार रुपैयाँ आय विवरण प्राप्त भएको छ । 

(यो समाचार कर्पोरेट नेपाल १३ चैत २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links