हवाइ क्षेत्रमा कर छुटको व्यवस्था गरिँदै, के- केमा छुट ?


संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालयले ल्याउन लागेको हवाइ नीति २०७७ मा कर छुट तथा सहुलियतको व्यवस्था गरिएको छ । हवाई नीतिको मस्यौदामा कर छुटसम्बन्धी व्यवस्था गरिएको छ ।  रोजगारमुलक नागरिक उड्यन क्षेत्रमा काम सुरु गर्न २ अर्ब रुपैयाँ लगानी गर्ने व्यक्ति वा संस्थालाई  आयकरमा पूर्ण छुट दिने  व्यवस्था मिलाइने उल्लेख छ ।
पाँच वर्ष भन्दा कम उमेर भएका जहाज आयात गर्नेक्रममा प्रत्येक वायुयान आयात गर्दाको भन्सारको महसुल र  लिज करमा सहुलियत दिइने नीति छ ।  यस्ता जहाजको निरन्तर सञ्चालनको क्रममा पहिलो तीन वर्षसम्म आयकरमा छुट दिइनेछ ।  अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा सञ्चालक कम्पनीलाई हवाइ इन्धन र भन्सार महसुलमा सहुलियत प्रदान गरिनेछ ।

नयाँ फ्लाइङ स्कुल सञ्चालनमा आएदेखि  पहिलो पाँच वर्षसम्म आयकरमा छुट दिइनेछ ।  इन्जिन ओभरहल समेत गर्ने गरी स्थापना भएको जहाज मर्मत सम्भार गर्ने संस्थाका लागि १० वर्षसम्म आवश्यक जग्गा उपलब्ध गराउने र सञ्चालनमा आएको पाँच वर्षसम्म आयकरमा छुट दिइने र पछिल्लो पाँच वर्ष पचास प्रतिशत छुट दिइने व्यवस्था गर्न लागिएको  छ । 

कुनै वायु संस्थाले एक नयाँ वायुयान थप गर्दा  दुई आर्थिक वर्षसम्म र दुइ वा सो भन्दा बढी जहाज खरिद गर्दा थप तीन वर्षसम्म आयकरमा ५० प्रतिशत  छुट  दिइने व्यवस्था गरिँदै छ । हवाइ नीतिको लागि  मस्यौदामाथि मन्त्रालयले राय सुझाव मागेको छ । 

(यो समाचार रातोपाटी  १६ भाद्र २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links