गैरकानुनी रुपमा लेखा परीक्षण गर्नेलाई कारवाही गर्न माग


गैरलेखा व्यवसायीहरुले कार्यालय नै खोलेर गैरकानुनी रुपमा लेखा परीक्षणको काम गरेको भन्दै त्यस्ता व्यक्तिलाई कारवाही गर्न लेखा परीक्षकहरुले माग गरेका छन् । नेपाल अडिटर्स एशोसिएसन उपत्यका प्रदेश कमिटीको परिषद्बाट घोषणापत्र जारी गर्दै लेखापरीक्षणको गरिमा र मर्यादा कायम राख्न गैरकानुनी काम रोक्न माग गरेका हुन् ।
काठमाडौंमा उपत्यकामा गैरव्यवसायीहरुले पनि कार्यालय खोलेर नै लेखा परीक्षणको काम लिने गरेका छन् । यसलाई लेखा व्यवसायीका नियामक निकाय नेपाल चार्डर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले नियमन गर्न सकेको छैन । यसैगरी लेखा व्यवसायीहरुले पनि आचारसंहित विपरित गैरव्यवसायीले गरेको लेखा परीक्षण रिपोर्ट प्रमाणित गर्ने गरेका छन् ।
घोषणापत्रमा उनीहरुले दर्तावाल लेखा परीक्षकहरुले क्षमता भएका लेखा परीक्षकहरुको वर्ग उन्तति गर्न माग गरेका छन् । दर्तावाला लेखा परीक्षकका रुपमा लामो समय काम गरेपनि अनुभव र दक्षताको कदर नभएको नभएको उनीहरुको गुनासो थियो । यसैगरी चाटर्ड एकाउन्टटेन्ट ऐन–२०५३ ले दर्तावाल लेखापरिक्षकलाई विभेद नगर्न, शेयर ब्रोकरको लेखा परीक्षण सिएबाट मात्र गराउने धितोपत्र बोर्डको व्यवस्था खारेजी गर्न समेत आवाज उठाएका छन् ।
कार्यक्रममा बोल्दै आइक्यानका अक्ष्यक्ष मदनकृष्ण शर्माले लेखा परीक्षणलाई व्यवस्थित बनाउन आइक्यान सक्रिय रहेको दावी गरे । लेखाव्यवसायीलाई व्यवस्थित गर्नका लागि उनीहरुको आचारसंहित र लेखा परीक्षण शुल्कको पनि पुनरावलोकन गर्न लागिएको जानकारी दिए ।
अडानका संस्थापक अध्यक्ष मदन खरेलले लेखा परीक्षकप्रति सरकार र सर्वसाधारण जनताको ठूलो विश्वास रहेको भन्दै त्यसलाई कायम राख्न आग्रह गरे ।

(यो समाचार  कारोबार २१ फाल्गुन२०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links