लकडाउनका कारण व्यापार ठप्प भएपछि कर छुट गर्न व्यवसायीको माग


मध्यपुरथिमी । भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर घरेलु तथा साना उद्योग सङ्घले अहिलेको सङ्कटको बेलामा व्यवसायी मारमा परको भन्दै कर छुटको माग गरेको छ । संयुक्त रुपमा आज आयोजना गरेको राजश्वसम्बन्धी जुम अन्तरक्रिया कार्यक्रममा आव २०७८÷७९ को बजेटमा भएका व्यवस्था र कर छुटका विषयमा छलफल गरिएको थियो । 

उक्त अवसरमा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत गगनबहादुर विकसँग राजश्वका विविध विषयमा छलफल गर्दै राजश्व छुटको माग गरेको कार्यक्रम आयोजक भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुछेरत्न मानन्धरले बताए ।  

कार्यक्रममा कोरोना भाइरसले भएको लकडाउनका कारण व्यापार गर्न नपाउँदा व्यापारी निकै नोक्सानमा परेको भन्दै कर छुटको माग गरेको बताइएको छ । चेम्बरका सल्लाहकार रोशन भोयद्योले व्यवसायीका प्रतिनिधिमूलक संस्थाले व्यवसायीलाई निरन्तर सुसूचित गर्दै सशक्तिकरण गरिरहनुपर्ने बताए । 

घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा तथा सङ्घका निवर्तमान अध्यक्ष वीरेन्द्र जतीले महिला उद्यमीलगायत घरेलु उद्योगका लागि सरकारले दिनुपर्ने सुविधा पर्याप्त नभएको बताए । 

कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत राजकुमार पोखरेलले विषयवस्तुमाथि प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमका संयोजक अष्टबज्र बज्राचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । 

(यो समाचार  कर्पोरेट नेपाल ११ असार २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links