भ्याटको दर १० प्रतिशतमा झार्न उद्योगी-व्यवसायीको सुझाव

काठमाडौं । उद्योगी व्यवसायीले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै करको दर घटाउनुपर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पुर्वको छलफल कार्यक्रममा बोल्दै अर्थतन्त्रको वर्तमान चुनौतीको समाधान सरकारले आगामी बजेटमार्फत गर्न सक्नुपर्ने उनीहरूको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले अहिलेको अर्थतन्त्रको चुनौती समस्या समाधान उत्पादन र उत्पादकत्व बढाउनु नै भएको बताए । विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै केही वस्तुको आयात प्रतिबन्ध गरेको तर, आयात प्रतिस्थापन गर्ने सरकारले केही कदम नचालेको श्रेष्ठले बताए ।

उनले सरकारले मुलुकलाई आत्मनिर्भर बनाउने बताएर पनि कुन वस्तु वा उत्पादनमा आत्मानिर्भर बन्ने स्पष्ट योजना बनाउनु पर्ने आवश्यकता रहेकोमा जोड दिए । कुनै पनि उद्योगहरु उत्पादनशील र अनुत्पादक भन्ने नहुने भन्दै उपाध्यक्ष श्रेष्ठले राज्यले त्यस्तो सोच्न नहुनेउनको भनाइ छ ।

उनले अब सरकारले लिने मूल्यअभिवृद्धि कर (भ्याट)को दर घटाउनु पर्ने बताए । जनयुद्ध बेला राजस्व बढाउनुपर्ने भन्दै बढाएको ३ प्रतिशत भ्याट अब १० प्रतिशत बनाउनुपर्ने उनको माग छ ।

‘मुलुक चुनौतीपूर्ण घडीमा छ, अर्थतन्त्रका सबै समस्याको समाधान उत्पादन हो,उत्पादकत्व बढाउनु पर्छ,’ उनले भने,’त्यसको लागि आन्तरिक उत्पादन बढाउनुपर्छ । हामी आत्मनिर्भर हुनु छ ।’

आयात प्रतिस्थापन गर्नु पर्ने भन्दै उनले यवसायीका समस्यालाई सम्बोधान गर्ने राज्य सँग इच्छा शक्ति छ की छैन भन्ने प्रश्न गर्ने बेला आएको उनको भनाइ छ ।

‘आत्मनिर्भर बन्नु पर्ने छ । केही वस्तु आयातमा प्रतिवन्ध गर्‍यौं । तर आन्तरिक उत्पादन बढाउन हामीले के गर्‍यौं ?’ उनले भने,’आयात प्रतिस्थापन गर्न सरकारले के गर्‍यो ? अब सोच्नु पर्ने बेला भयो ।’

कुनै पनि व्यवसाय अनुउत्पादक नहुने भन्दै उनले सरकारले पनि आफ्नो दृष्टिकोण बदल्नुपर्ने बताए 


(यो समाचार अनलाइन खबर १३ वैशाख २०७९ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links