दुई पाङ्ग्रे सवारीमा व्यापक कर कटौती, कुन मोटरसाइकलको कति मूल्य घट्यो ?


सरकारले बजेटमार्फत दुई पाङ्ग्रे सवारीमा लाग्ने करको दरमा व्यापक हेरफेर गरेको छ । गत शनिबार अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याएको सरकारले दुई पाङ्ग्रे सवारी साधनमा लाग्ने सडक दस्तुरमा अधिकतम १ लाख सम्मको छुटको घोषणा गरेको हो । 

यद्यपि यो छुट भने ४ सय सिसी इन्जिन क्षमता माथिका मोटरसाइकल र विद्युतीय दुई पाङ्ग्रे सवारीमा मात्र गरिएको हो ।  बजेटले ४०१ सिसीभन्दा माथिका मोटरसाइकलमा लाग्दै आएको २ लाख सडक निर्माण दस्तुरलाई घटाएर १ लाखमा झारेको छ भने, इलेक्ट्रिक दुई पाङ्ग्रे सवारीमा अधिकतम २ हजारले सडक दस्तुर घटाएको छ ।

यसअघि चालू आर्थिक वर्षको बजेटले अधिकतम १२ हजार पुर्याएको विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको सडक दस्तुर बजेट पश्चात दुई हजार घटेर अब १० हजारमा झरेको छ । योसँगै अब नेपाली बजारमा हेब्भी मोटरसाइकल र इलेक्ट्रिक मोटरसाइकल तथा स्कुटर किन्नेहरूलाई थप सहज हुने भएको छ ।

हाल सरकारले भन्सार विन्दुमा नै लिने सडक निर्माण दस्तुरमा १ लाख रुपैयाँ कम भएसँगै हेब्भी बाइकको रुपमा बिक्री हुँदै आएको मोटरसाइकलको मूल्य ह्वातै घट्ने भएको छ ।  अहिले बजारमा होन्डा, यामाहा, बेनेली, सिएफमोटो, रोयल इन्फिल्ड, बीएमडब्ल्यू, डुकाटी जस्ता ब्राण्डले विग बाइक विक्री वितरण गर्दै आएका छन् ।
 
(यो समाचार  रातोपाटी १८जेठ २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links