आयकरको सीमा एक लाख रुपैयाँले बढ्ने पक्का, अब साढे ५ लाखसम्मको आम्दानीमा १% मात्र कर

काठमाडौं। सरकारले जागिरेका लागि पनि राहत दिने भएको छ। आय करको सीमा वृद्धि गरेर सरकारले राहत दिन खोजेको हो।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमार्फत आयकरको सीमा वृद्धि गरिएको घोषणा गर्ने छन्।

आयकरको सीमा एक लाख रुपैयाँ बढ्ने छ। अहिले एकललाई चार लाख र दम्पतीलाई साढे चार लाखसम्म एक प्रतिशत कर लाग्छ।

त्यसभन्दा माथि १०, २०, ३० हुँदै ३६ प्रतिशतसम्म करको व्यवस्था छ। आय करको सीमा एक लाख वृद्धिपछि एकलले ५ लाखसम्म र दम्पतीले साढे ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत मात्र कर तिरे पुग्छ।

माथिल्लो तहमा लाग्ने आय करको सीमा पनि क्रमश: एक लाख रुपैयाँका दरले बढाइएको स्रोतको दाबी छ।

राजनीतिक तहबाट सात लाखको आयसम्म १ प्रतिशत मात्र कर लगाउन दबाब आएको थियो। एकै पटक धेरै छुट दिँदा राजस्वमा भ्वाङ पर्ने भन्दै कर्मचारीस्तरबाट एक लाख मात्र सीमा बढाउन सुझाव आएको थियो। कर्मचारीको सुझावमा अर्थमन्त्री सहमत भएका हुन्।


(यो समाचार  बिजमाण्डू १५ जेठ २०७९ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links