बागमती प्रदेशमा सवारी कर तथा दस्तुरमा वृद्धि

कोरोना महामारीबाट थलिएको अर्थतन्त्रकोबीच पनि आकार वृद्धि गर्दै ल्याइएको बागमती प्रदेशको चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा सवारी साधनको कर, दर्ता, नवीकरण र इजाजत दस्तुरमा अत्याधिक वृद्धि गरिएको छ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएको प्रदेश सरकारले साना क्षमताका विद्युतीय सवारीको करमासमेत वृद्धि गरेको हो ।
भाडाका जीप कार भ्यान, माइक्रोको कर क्षमताका आधारमा अधिकतम ५ हजार रुपैयाँसम्म बढाइएको छ । यसअघि भाडाका जीपकार, भ्यान माइक्रोको कर १३०० सीसीसम्मको ९ हजार रुपैयाँ बुझाउँदै आइएकोमा अब १००० सीसी क्षमताकै एघार हजार रुपैयाँ बुझाउनुपर्नेछ ।
भाडाका मिनी बस÷ट्रकको कर एक हजार पाँच सय रुपैयाँले वृद्धि गरिएको छ भने ठूला बस-ट्रकको कर २ हजार रुपैयाँले वृद्धि गर्दै २० हजार रुपैयाँ पु¥याइएको छ । भाडाका तेल ट्यांकर, ग्यास बुलेटको कर चार हजार रुपैयाँले वृद्धि गर्दै २२ हजार रुपैयाँ पु¥याइएको छ । थ्री ह्वीलर टेम्पो, ट्याक्टरमा पनि ५ सय रुपौयाँले कर वृद्धि गरिएको छ ।
दैनिक कामकाजको लागि अत्यावश्यक जस्तै बनिसकेको साना क्षमताका मोटरसाइकल तथा स्कुटरको करको दर पनि बढाइएको छ । ठूला क्षमताका मोटरसाइकलको कर भने यथावत राखिएको छ । १२५ सीसीसम्मका मोटरसाइकलको करमा दुई सयले वृद्धि गर्दै ३ हजार रुपैयाँ कायम गरिएको छ भने एक सय २६ देखि १५० सीसीसम्मका मोटरसाइकल÷स्कुटरको कर पाँच सयले वृद्धि गर्दै पाँच हजार बनाइएको छ ।
१५० देखि २२५ सीसीसम्मका मोटरसाइकलको कर पनि पाँच सय रुपैयाँ र ४ सय सीसीसम्मका मोटरसाइकलको कर २ हजार रुपैयाँले बढाइएको छ । ६५० सीसीसम्मको मोटरसाइकलको कर २० हजारमै यथावत राखिएको छ भने ६५० सीसीभन्दा माथिका मोटरसाइकलको कर पनि ३० हजार रुपैयाँमै यथावत राखिएको हो ।
त्यस्तै निजी सवारीहरुको कर पनि वृद्धि गरिएको छ । अधिकतम ५८ हजार पाँच सय रुपैयाँ कर तिर्दै आएका निजी जीप, कार भ्यान खरिदकर्ताले साउन १ गतेबाट ६५ हजार रुपैयाँ कर बुझाउनुपर्नेछ । एक हजार सीसीसम्मका जीप कार भ्यानको कर २१ हजारबाट एक हजार रुपैयाँ वृद्धि गरिएको छ । एक हजार पाँच सय सीसीसम्मका जीप कारको कर २३ हजार पाँच सय तिर्दै आइएकोमा २५ हजार पु¥याइएको छ । निजी एक्साभेटर, डोजर लोडर, क्रेनको कर पनि एक हजार पाँच सयले वृद्धि गरिएको छ । ट्रिपरको कर ३९ हजार तोकिएको छ भने मिनी ट्रिपरको कर २७ हजार पाँच सयबाट वृद्धि गरी ३० हजार रुपैयाँ पु¥याइएको छ ।
साउन १ गतेदेखि लागू भएको बागमती प्रदेशको आर्थिक ऐनअनुसार निजी मिनी ट्रक र मिनी बसको कर २ हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ । नयाँ दरअनुसार अब निजी मिनी ट्रक र बस खरिदमा २७ हजार रुपैयाँ कर लाग्नेछ । ठूला निजी ट्रक र बसको कर पनि २ हजार रुपैयाँले वृद्धि गरी ३५ हजार रुपैयाँ पु-याइएको छ ।

विद्युतीय सवारीमा पनि बढाइयो
प्रदेशमा इन्धन खपत घटाउनुका साथै वातावरण सन्तुलन गराउने उद्देश्यले विद्युतीय सवारी खरिदमा प्रोत्साहन गर्ने नीति लिएको प्रदेश सरकारले साना क्षमताका विद्युतीय सवारीको करमा भने वृद्धि गरेको छ । साना क्षमताको विद्यतुीय मोटरसाइकल र स्कुटरमा कर बढाएको प्रदेश सरकारले ठूला क्षमताका विद्युतीय सवारीको कर भने यथावत राखेको छ ।
३३५० वाटदेखि १००० वाटसम्मका विद्युतीय मोटरसाइकलको कर पाँच सय रुपैयाँले बढाई दुई हजार रुपैयाँ कायम गरिएको छ भने १५०० वाटसम्मका विद्युतीय मोटरसाइकल÷स्कुटरको कर दुई हजार पाँच सय रुपैयाँ बनाइएको छ । १५०० वाट क्षमताभन्दा माथिका दुई पाङ्ग्रे विद्युतीय साधनको कर भने तीन हजारमा यथावत राखिएको छ । विद्युतीय जीप कार भ्यानको कर पनि यथावत छ । विद्युतीय जीप कार भ्यानको अधिकतम कर ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

बाटो इजाजत दस्तुरमा पनि वृद्धि
बागमती प्रदेशमा सवारी साधनको कर तथा नवीकरण शुल्क मात्र होइन बाटो इजाजत दस्तुरमा पनि वृद्धि गरिएको छ । ठूला तथा मझौला बसलाई करिब ५० किमिसम्मको बाटो इजाजत दस्तुरमै ३ सय रुपैयाँ वृद्धि गरी ८ सय रुपैयाँ पु¥याइएको छ । ठूला ट्रकको ५० किमिसम्मको बाटो इजाजत लिँदा एक हजार रुपैयाँ दस्तुर तिर्नुपर्नेछ । यसअघि ६ सय रुपैयाँ तिर्नुपथ्र्यो ।
६ सय किमिभन्दा लामो दूरीमा चल्ने ठूला बसको बाटो इजाजत दस्तुर २८ हजारबाट वृद्धि गरी ४२ हजार रुपैयाँ पु¥याइएको छ भने ठूला ट्रकहरुको दस्तुर २६ हजारबाट वृद्धि गरी ४३ हजार रुपैयाँ पु¥याइएको छ । जाँचपास प्रमाणपत्र, यातायात सेवा सञ्चालन दस्तुरलगायत यातायात क्षेत्रका अन्य शुल्कहरुमा पनि वृद्धि गरिएको छ ।

करको दर बढ्नु स्वभाविकः अर्थमन्त्री
सवारी साधनको कर, नवीकरण शुल्क तथा अन्य दस्तुरहरु वृद्धि गरिएकोबारे कारोबारलाई प्रतिक्रिया दिँदै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले करको दरहरु बढ्नु स्वभाविक भएको बताए । सेवाको क्षेत्र पनि विस्तार गर्दै लगिएको बताउँदै समयानुकुल करको दरमा केही वृद्धि गरिएको बताए ।
“हामीले कर मात्रै बढाएका होइनौं, सेवाको क्षेत्र पनि बढाएका छौं । सवारीको करको दरमा हामीले यसवर्ष नयाँ अभ्यास गरेका छौं । पहिलेको भन्दा भेरिएसन पनि फरक गरेका छौं” मन्त्री ढुङ्गेलले भने । स्वास्थ्य, पूर्वाधारलगायत अन्य सेवाको क्षेत्रमा पनि प्रदेश सरकारको लगानी बढेको र बजेटको आकार पनि बढेका कारण करको दर पनि बढेको ढुङ्गेलको भनाइ छ ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ मा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ । अघिल्लो वर्षको तुलनामा ७ अर्ब ७२ करोड ९२ लाख ७ हजार रुपैयाँ बढी आम्दानी र खर्च गर्ने लक्ष्य लिएको प्रदेश सरकारले आम्दानी वृद्धि गर्न सवारी करको दर वृद्धिको साहारा लिएको हो ।
आगामी वर्ष पूँजीगततर्फ २९ अर्ब ७० करोड ७३ लाख ४ हजार रुपैयाँ अर्थात ५१ प्रतिशत, चालुतर्फ २६ अर्व १ करोड ६६ लाख २३ हजार रुपैयाँ अर्थात ४५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ अर्ब रुपैयाँ अर्थात ४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

(यो समाचार कारोबार दैनिक ३ श्रावण २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links