कर र ब्याजका लागि सेयर बेच्दै लगानीकर्ता, १० दिनमा २५ अंक घट्यो नेप्से


काठमाडौं- 
लगानीकर्ताले कर र ब्याजका लागि सेयर बिक्री गर्दा विगत १० दिनको अवधिमा २५ अंकले गिरावट आएको छ। पहिलो त्रैमासका लागि राजश्व, कर र ब्याजको जोहो गर्न लगानीकर्ताले सेयर बिक्री गर्न थालेपछि नेप्से पनि घट्न थालेको हो। 

पहिलो त्रैमासको अन्तिम महिनाको अन्तिम समयमा सेयर बिक्री गर्दा बजार अझ तल झर्न सक्ने आँकलन गर्दै लगानीकर्ताहरू एक दुई हप्ता अगाडि नै सेयर बिक्री गरेर पैसा बनाउन थालेका हुन्। अहिले सेयर बिक्री गर्दा कर र ब्याज तिर्न सजिलै सकिन्छ।

कतिपय लगानीकर्ताहरुले यतिबेला सेयर बेचेर नाफा बुक गरिरहेका छन्। दसैं अगाडिसम्ममा बजार अझै तल झर्न सक्ने आँकलन गर्दै लगानीकर्ताहरुले नाफा बुक गर्न थालेका हुन्। विगत दुई तीन महिनामा सेयर खरिद गरेकाले अहिले बिक्री गर्दा राम्रो नाफा ‍गर्न सक्छन्। 
मंगलबार सेयर बजार ७.२१ अंकले गिरावट भएर १५५३.६२ अंकमा झरेको छ। जलविद्युत उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डबाहेक सम्पूर्ण सूचक घटेका छन्।

सूचक घट्दा कारोबार रकम पनि एक अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ। जम्मा १९२ वटा कम्पनीको कारोबार हुँदा १०२ वटाको सेयर मूल्यमा गिरावट आएको छ भने जम्मा ५८ वटाको मूल्य बढेको छ।
आधार मूल्यकै हाराहारीमा रहेका जलविद्युतको सेयरमा लगानीकर्ताको अधिक आकर्षण देखिएको छ। गएका दिनमा मर्जरको हल्लाले बढेका फाइनान्स कम्पनीको सेयर मूल्यमा आज भारी गिरावट आएको छ।

(यो समाचार  नेपाललाइभ १३ असोज २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links