नयाँ उद्योगलाई तीन वर्ष कर लिन्नौं : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक उद्योग ऐन आएपछि प्रदेशमा स्थापना हुने नयाँ उद्योगसँग तीन वर्ष कर नलिने घोषणा गरेका छन् ।

‘प्रदेश सरकारले उद्योग ऐन तयार गरिसकेको छ,’ वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण कार्यक्रमका अवसरमा शुक्रबार उनले भने, ‘ऐन जारी भएपछि उद्योग दर्ता र तीन वर्षसम्म उद्योगलाई कुनै कर नलाग्ने सुविधा दिनेछौं ।’ प्रदेश उद्योगमा २० वर्षसम्म बन्द–हडताल गर्न नपाइने प्रावधान पनि ल्याइने उनले बताए । संघ सरकारबाट अझै पनि प्रदेश सरकारलाई असहयोग रहेको उनको भनाइ छ । व्यवस्था परिवर्तन भए पनि राज्य सञ्चालन गर्नेको मानसिकता पुरानै रहेको उनको आरोप छ ।
 

‘संघीय सरकारको नीति, ऐन र कानुन अवरोध नै मुलुकको विकासको मुख्य बाधक हो,’ उनले भने, ‘मुलुकको आर्थिक विकास गर्न यहाँको कानुन लगानीमैत्री हुनुपर्छ । तर मुलुकका सबै निकायमा लुटेरा मात्र भए कसरी हुन्छ आर्थिक विकास ?’

सरकारको व्यवहार लगानीकर्ताप्रति सधैं नरम हुनुपर्ने उनको भनाइ छ । संघीय सरकारले प्रदेश २ को आर्थिक विकासमा अवरोध गरिरहेको आरोपसमेत उनले लगाए । ‘वीरगन्ज–सिमरा–जितपुर ६ लेन सडक जस्तै हामीले प्रदेशमा आधा दर्जन ६ लेन सडक निर्माण गर्ने योजना तयार गरेका थियौं । तर संघीय सरकारले कोरोना महामारीको बहानामा हाम्रो ६ अर्ब रुपैयाँ कटौती गरिदियो,’ उनले भने, ‘चौधरी समूहसँग प्रदेश २ मा २ सय मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने विषयमा संघीय राजधानीमा एक औपचारिक कार्यक्रममा म आफैंले लिखित सम्झौता गरिसकेको अवस्थामा चौधरी समूहलाई हतोत्साहित गरेर उक्त परियोजनाबाट पछि हट्न बाध्य पारियो ।’


(यो समाचार  कान्तिपुर २२ चैत २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links