बजेटबाट हेल्मेट र साना मोटरसाइकलको कर घटाउन नाडाको माग


काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/२०७९ को बजेट भोलि शनिवार ल्याउने जनाएको छ । यद्यपी संसद विगठन भएकाले अध्यादेशबाट बजेट आउन नसक्ने विज्ञहरुले बताउँदै आएका छन् ।

सरकारले बजेट ल्याउने बताइसकेको छ । भोलि सार्वजनिक हुने बजेटमा नाडा अटोमोवाइल एसोशियसन अफ नेपालले केही सुधार गर्न सुझाव दिएको छ ।

नाडाले मोटरसाइकल नेपालको धेरै क्षेत्रको लागि प्रमुख यातायातको साधन रहेको तथ्यांक राख्दै मोटरसाइकलको पार्टस् तथा हेलमेटमा लाग्दै आएको भन्सार महशुल कम गर्न सुझाव दिएको छ ।

अहिले दुई पाङ्ग्रे सवारी साधनमा प्रयोग हुने पार्टस १५ प्रतिशत र मानव सुरक्षाको लागि प्रयोग हुने हेल्मेटमा समेत १५ प्रतिशत भन्सार लगाउँदै आएको छ । यसलाई घटाएर पार्टसमा ५ प्रतिशत र हेल्मेटमा कुनै भन्सार महशुल नलाग्ने व्यवस्था गर्न नाडाले माग गरेको छ ।

नेपालको भौगोलिक हिसाबले समेत ज्यादै उपयुक्त रहेका मोटरसाइकलमा सर्वसाधारणको पहुँच विस्तार गर्न कम सीसीका मोटरसाइकलमा भन्सार छुट दिन नाडाले सुझाएको छ ।

उच्च भन्सार महशुलका कारण नेपालमा कुल जनसंख्याको ९ प्रतिशतले मात्र मोटरसाइकल उपभोग गर्दै आएको नाडाले उल्लेख गरेको छ । हाल आयता हुने कुल मोटरसाइकलको ७० प्रतिशत काठमाडौं बाहिर खपत हुनेभन्दै ग्रामिण यातायातमा मोटरसाइकलको भूमिका बुझ्न नाडाले आग्रह गरेको छ ।

साथै, आम उपभोक्ता लागि सहज बनाउन सवारी साधनको करको कर तथा कागपत्र बुझाउनु पर्ने सम्पुर्ण व्यावस्था डिजिटल गर्न समेत नाडाले सरकारलाई सुझाव दिएको छ ।

(यो समाचार  मेराेअटाे १४जेठ २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links