कर अधिकृतलाई कोरोना भएपछि नेपालगञ्जको आन्तरिक राजश्व कार्यालय बन्द

नेपालगञ्ज – आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जका एकजना कर अधिकृतलाई कोरोना भाइरसको संक्रमण देखिएपछि आइतबार कार्यालय बन्द गरिएको छ ।

कार्यालयले एक दिनलाई सेवा बन्द रहेको सूचना टाँसेको छ । कार्यालयले सूचना निकालेर भनिएको छ, ‘सम्पूर्ण कर्मचारीको पीसीआर परीक्षण भइरहेको एवं कोरोना संक्रमणको जोखिमका कारण कर्मचारीहरु क्वारेन्टिनमा रहनु पर्ने भएकाले आजका लागि यस कार्यालयबाट प्रदान हुने सेवाहरु बन्द रहेको व्यहोरा जानकारी गराइन्छ ।’

कर अधिकृतसँग ५० जना बढी प्रत्यक्ष सम्पर्कमा रहेको पाइएको छ । कार्यालय कर्मचारीसँग बाहिर मानिसको पनि घुलमिल भएको देखिएको छ । सबैको पीसीआर जाँचको तयारी भइरहेको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताए ।

नेपालगञ्जको त्रिभुवनचोकको मिठाई पसलमा काम गर्ने ३९ वर्षीयमा कोरोना देखिएपछि पसल बन्द गरिउको छ । फोकलपर्सन श्रेष्ठका अनुसार, उनको सम्पर्कमा रहेका व्यक्तिको सोधीखोजी भइरहेको छ ।

बाँकेमा लकडाउन खुलेपछि पनि दैनिकजसो नै कोरोना संक्रमित फेला परिरहेका छन् । पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टिनमा बसेका छैनन् । घरमा बसिरहेका विद्यार्थी, कर्मचारी, एनजिओकर्मीहरु छन् ।

(यो समाचार देश संचार ११ श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links