भाडा छुट गर्ने घरधनीलाई बहाल कर छुट


धनगढी-नगरक्षेत्रमा घर रहेका घरधनीले लकडाउन अबधिको घरभाडा छुट दिएमा बहाल कर छुट दिने धनगढी उपमहानगरपालिकाले निर्णय गरेको छ । नेपाल सरकारले लकडाउन गरेको अवधिको घरभाडा छुट दिएको प्रमाणसहित कर तिर्न उपस्थित भएका घरधनीलाई दुई महिनाको बहाल कर छुट दिने निर्णय गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
धनगढी उपमहानगरपालिका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले बहालवालालाई समान मापदण्ड बनाएर लकडाउनको अवधिको घरभाडा दिएको घरधनीलाई सो बहाल कर छुट सुविधा दिइने बताए । “यसरी घरभाडामा छुट दिएको प्रमाण लिएर आएमा दुई महिनाको घरभाडा छुट हुने छ,” उनले भने, “यो प्रमाणलाई उपमहानगरपालिकाले क्रस चेक गर्ने छ, झुटो ठहरीएमा कार्वाही हुन्छ ।”
सरकारले २०७६ चैत ११ गतेदेखि साउनसम्म कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेको थियो । उपमहानगरपालिकाले पनि आफ्नो व्यापारिक भवनमा रहेका बहालवालालाई दुई तीन महिनाको घर भाडामा ५० प्रतिशत छुट दिएको थियो । सो अवधिमा धनगढीका केही मनकारी घरधनीले स्वस्फुर्त रुपमा घरभाडा मिनाहा तथा छुट गरेका थिए ।

(यो समाचार  कारोबार ३१ भाद्र २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links