२० वडाका करदाता महानगरको अनलाइन प्रणालीमा जोडिए, १ करोड ६० लाख रुपैयाँ राजस्व


१० दिनको अवधिमा काठमाडौं महानगरका २० वटा वडाबाट ८५० जना करदाताले अनलाइन प्रणालीबाट रकम भुक्तानी गरेका छन् ।

महानगरलाई तिर्नु बुझाउनु पर्ने कर राजस्व निर्धारण तथा संकलन प्रणालीबाट भुक्तानी गरेका हुन् । महानगरले असोज १ गतेदेखि वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बट प्रणाली सञ्चालनमा ल्याएको हो । सफ्टवेयर सञ्चालन गर्ने प्राबिधिक ज्ञान दिँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ वडामा प्रणाली सञ्चालन गरियो । यस अवधिमा प्रणालीमा जोडिएका करदाताले तिरेको करबाट महानगरले १ करोड ६० लाख रुपैयाँ राजस्व प्राप्त गरेको, राजस्व बिभागका निर्देशक शिवराज अधिकारीले जानकारी दिनुभयो ।

अहिले वडा ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ गरी १२ वटा वडाका कर्मचारीका लागि तालिम भइरहेको छ । आज र भोलि २ दिन हुने तालिमपछि पर्सि अर्थात् मंगलबार ती सबै वडामा प्रणाली सञ्चालन गर्ने लक्ष्य छ । यसो भएमा, असोज १ गतेबाट चरणवद्ध रुपमा सञ्चालन थालिएको राजस्व निर्धारण तथा संकलन प्रणालीलाई असोज १३ गतेदेखि सबै वडामा पुग्नेछ ।

महानगरले प्रयोगमा ल्याएको यस प्रणालीको विकासकर्ता सांग्रिला इन्फरमेटिक्स प्रा. लि.हो ।

(यो समाचार  न्युज अफ नेपाल ११ असोज २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links