आन्तरिक राजश्व विभागले लक्ष्यअनुसार कर उठाउन सकेन्


काठमाडौं । आन्तरिक रावश्व विभागले चालु आर्थिक बर्षको पहिलो सात महिना (माघसम्म) करिव ९६ प्रतिशत मात्रै राजश्व संकलन भएको जनाएको छ । विभागका अनुसार यस अवधिमा ९५ दशमलव ९ प्रतिशत मात्रै राजश्व संकलन भएको हो । 

कोरोना महामारी र त्यसलाई नियन्त्रण गर्ने क्रममा लगाइएको लकडाउनको असर कम हुँदै गए पनि राजश्व संकलनमा भने यसको असर अझै देखिएको छ । विभागले यस अवधिमा एक खर्ब १२ अर्ब ४३ करोड रुपियाँ आयकर, ६५ अर्ब १२ करोड रुपियाँ मूल्य अभिवृद्धि कर (भ्याट), ४३ अर्ब ५८ करोड अन्तःशुल्क, शिक्षा, सेवा शुल्क र अन्य शीर्षकमा दुई अर्ब ८८ करोड रुपियाँ गरी दुई खर्ब २४ अर्ब एक करोड रुपियाँ संकलन भएको जनाएको छ । यो लक्ष्यभन्दा नौ अर्ब ७२ करोड रुपियाँले कम हो । 

मुलुकभित्र राजश्व असुली न्यून हुनुको कारण कोभिड १९ ले अर्थतन्त्रमा पारेको संकुचन तथा आर्थिक कारोबारमा परेको नकारात्मक प्रभाव हो भन्दै विभागले लक्ष्य भेटाउन वैकल्पिक व्यवस्था गरिने जनाएको छ ।

(यो समाचार  कर्पोरेट नेपाल २५ फाल्गुन२०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links