न्यूरोड क्षेत्रका १९ फर्मलाई राजश्व अनुसन्धान विभागले गर्यो जरिवाना

काठमाडौँ । राजश्व अनुसन्धान विभागले भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम(भीसीटीएस) विवरण नभरी मालवस्तु ढुवानी गर्ने विभिन्न १९ वटा फर्महरुलाई जरिवान गरेको छ । 

काठमाडौँ न्यूरोड क्षेत्रका ८५ फर्महरुको माघ ७ र ८ गते अनुगमन गर्दा १९ वटा फर्महरुले उक्त प्रणालीमा विवरण नबुझाई मालवस्तु ढुवानी गरेको पाइएपछि २४ लाख २५ हजार जरिवान गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए । 

साथै व्यवसाय गर्ने सम्पूर्ण फर्म संस्थाहरुले व्यवसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नु पूर्व दुवानी गसिरने मालवस्तु र सवारी साधनको संक्षिप्त विवरण भीसीटीएस प्रणालीमा अनिवार्य प्रविष्ट गरी क्यूआर कोड भएको भीसीटीएस मेनिफेस्टो र सक्कल कागजात राखि मालसमान ओसारपसार गर्न विभागले आज विज्ञप्ति प्रकाशित गरी सुझाएको छ । 

(यो समाचार कर्पोरेट नेपाल १६ माघ २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links