राजस्व विभागद्वारा करको दर सार्वजनिक, वार्षिक कति आय भएकाले कति कर तिर्नुपर्छ ?

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८/७९ का लागि व्यक्तिगत करको दर सार्वजनिक गरेको छ । विभागले आयको हिसाबले एकल र दम्पत्तीको हकमा करको अलग अलग दर सार्वजनिक गरेको छ । जसअनुसार रोजगारीको आयमात्र हुने एकल व्यक्तिका लागि वार्षिक ४ लाखसम्म करयोग्य आय भएमा करयोग्य आयको एक प्रतिशतका दरले कर तिर्नुपर्नेछ । यस्तै दम्पतीको हकमा वार्षिक ४ लाख ५० हजारसम्म करयोग्य आय भएमा एक प्रतिशतका दरले कर तिर्नुपर्नेछ ।

त्यस्तै ४ लाखदेखि ५ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ४ हजारका अतिरिक्त ४ लाखदेखि ५ लाखसम्मको रकममा १० प्रतिशतका दरले कर लाग्ने विभागले जनाएको छ । यस्तै दम्पतीको हकमा ४ लाख ५० हजारभन्दा माथि ५ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम ४ हजार ५०० का अतिरिक्त ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्मको रकममा १० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।
 

५ लाखभन्दा माथि ७ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम १४ हजारका अतिरिक्त ५ लाखदेखि ७ लाखसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ । यस्तै दम्पतीको हकमा ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम १४ हजार पाँचसयका अतिरिक्त ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

यस्तै, ७ लाखदेखि २० लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ५४ हजारका अतिरिक्त ७ लाखदेखि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्नेछ भने दम्पतीको हकमा ७ लाख ५० हजारभन्दा माथि २० लाखसम्म करयोग्य आय भएमा न्यूनतम ५४ हजार ५०० का अतिरिक्त ७ लाख ५० हजारदेखि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्ने विभागले जनाएको छ ।

२० लाखभन्दा बढी करयोग्य आय भएमा एकल व्यक्तिको हकमा वार्षिक ४ लाख ४४ हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्नेछ । यस्तै दम्पतीको हकमा भने २० लाखभन्दा बढी करयोग्य आय भएमा न्यूनतम ४ लाख २९ हजार ५०० का अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।



(यो समाचार  रातोपाटी ७ असार २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links