कनेक्ट आइपीएसबाट आन्तरिक राजस्व विभागमा यसरी गर्नुहोस् कर भुक्तानी


काठमाडौं । आन्तरिक राजस्व विभागमा आफ्नो कर दाखिला गर्न चाहानेले कनेक्ट आइपीएसबाट रकम भुक्तानी गर्न सक्छन् । यसको लागि आन्तरिक राजस्व विभागमा कर भुक्तानी गर्ने यो विधि तपाईले प्रयोग गर्नु पर्नेछ ।
१. सबैभन्दा पनि नेपाल सरकारको आइआरडी डट जीओभी डट कम वेबसाइटमा गएर ट्याक्सपेयर पोर्टलमा जानुहोस् ।
२. ट्याकपेयरमा लगइन गरी त्यहाँ मागिएको आवश्यक विवरण भर्नुहोस् । 

३. त्यहाँ देखिने रातो अक्षरको ‘प्रोसिड टु पेमेन्ट’मा क्लिक गरी साविक बमोजिमको विवरण भरी ट्रान्जेक्सन कोड जेनेरेट गर्नुहोस् । 

४. भरिएको विवरणलाई ‘कन्फर्म’ बटन थिचेर रुजु गरी, ‘मेक पेमेन्ट’ बटन क्लिक गर्नुहोस् ।

५. कारोबार संकेत, भौचर नम्बर प्राप्त गरेपश्चात अनलाइन भुक्तानी कारोबार गर्न  कनेक्ट आइपीएसलाई भुक्तानी विकल्पको रुपमा छनौट गर्नुहोस् । त्यसपछि आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरी कनेक्ट आइपीएसमा लगइन गर्नुहोस् । 

६. त्यसभित्र पुगेपछि  कर भुक्तानी विवरणलाई रुजु गरी भुक्तानी गर्ने बैंक खाता छनौट गर्नुहाेस् र आफ्नो मोबाइल वा इमेलमा प्राप्त ओटीपीलाई सब्मिट गर्नुहाेस् ।

७. आन्तरिक राजस्वको वेबसाइटमा भुक्तानीको सूचना प्राप्त गरी भुक्तानी भएको सुनिश्चित गर्नुहोस् ।

(यो समाचार  टेकपाना ३२ श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links