आर्थिक आदेश, २०७५
सामान्यतयाः सामयिक कर ऐन,२०१२ अन्तर्गत जारी हुने आर्थिक आदेशका मूख्य व्यहोराहरु सम्बन्धित श्रावणदेखि आर्थिक ऐन पारित नभएसम्म लागु हुने भएता पनि यो वर्षको आर्थिक आदेशले केही नयाँ अवधारणा कायम गर्दै साविकमा श्रावणदेखि लागु हुने व्यवस्थाहरु जेष्ठ १५ बाटै लागु गरेको छ ।
आर्थिक आदेश अनुसार निम्न व्यवस्थाहरु २०७५ जेष्ठ १५ बाटै प्रभावकारी भैसकेका छन्:
- दफा २ र ३१:भन्सार सम्बन्धी दरहरुको अनुसूचि र भन्सार ऐन,२०६४ को संशोधन२०७५ जेष्ठ १५ बाटै प्रभावकारी
- दफा ३:भन्सार सेवा दस्तुर २०७५ जेष्ठ १५ बाटै प्रभावकारी
- दफा ४:कृषि सुधार शुल्क २०७५ जेष्ठ १५ बाटै प्रभावकारी
- दफा ७:स्वास्थ्य जोखिम कर २०७५ जेष्ठ १५ बाटै प्रभावकारी (खारेज भएको स्वास्थ्य सेवा कर भने २०७५ श्रावण १ देखिमात्र खारेज हुने हुनाले २०७५ आषाढ मसान्तसम्म दुवै कर लागि रहन्छन्)
उत्पादन वा पैठारी दुवैमा स्वास्थ्य जोखिम कर थप गरिएकोः
चुरोट,बिँडी,सिगार प्रति खिल्ली पच्चीस पैसा
खानेसूर्ति,खैनी,गुट्खा,पान मसाला प्रति किलो पच्चीस पैसा
- दफा ८:शिक्षा सेवा शुल्क २०७५ जेष्ठ १५ बाटै प्रभावकारी (विदेश पठाउँदा २ प्रतिशत कर लाग्ने स्थानिय शिक्षामा कर नलाग्ने)
- दफा ९:पूर्वाधार कर २०७५ जेष्ठ १५ बाटै प्रभावकारी
- दफा ११:सडक मर्मत तथा सुधार दस्तुर २०७५ जेष्ठ १५ बाटै प्रभावकारी
- दफा २०: विगतमा स्थायी लेखा नम्बर नलिएका व्यक्तिले २०७१/७२ देखिको आयकर २०७५ पुसभित्र बुझाएमा सो अगाडीको आयकर र सो अवधीको व्याज शुल्क जरिवाना मिन्हा२०७५ जेष्ठ १५ बाटै प्रभावकारी
- दफा २१: विगतमा स्थायी लेखा नम्बर लिएका व्यक्तिले २०७२/७३ सम्मको आय विवरण पेश नगरेका भए २०७१/७२ र २०७२/७३ को आयविवरण र लागेको आयकर २०७५ पुसभित्र बुझाएमा सो अगाडीका आयकर शुल्क व्याज सबै मिन्हा
२०७४ आषाढसम्मको मूअकर विवरण २०७५ पुसभित्र बुझाइ लागेको कर तिरेमा बाकी जरिवाना व्याज थप दस्तुर मिनाहा
२०७१ आषाढसम्मका non-filer ले २०७५ पुसभित्र विवरण र कर नबुझाएमा (suo motu) दर्ता खारेज गरिने
२०७५ जेष्ठ १५ गतेदेखि नै लागु
- दफा २२: शिक्षण संस्थाको चमेना गृह छात्रावास तथा धितोपत्र दलाल सेवाको निर्धारित मूअकरमध्ये तिर्न बाकी मिनाहा
२०७५ जेष्ठ १५ गतेदेखि नै लागु