साढे २९ हजार फर्मलाई कर तिर्ने मौका

सरकारले साढे २९ हजार फर्म तथा कम्पनीलाई मूल्य अभिवृद्धि कर बुझाउन मौका दिएको छ । २०७५ असार मसान्तसम्मको कर विवरण पेस नगरेका फर्म तथा कम्पनीलाई आगामी फागुनसम्ममा कर विवरण र विवरणअनुसारको रकम बुझाए जरिवाना छुट दिने भएको हो ।

आन्तरिक राजस्व विभागले शुक्रबार एक सूचना जारी गर्दै मूल्य अभिवृद्धि कर विवरण नबुझाएका करदातालाई सुविधा दिने जानकारी गराएको छ । विभागका अनुसार २९ हजार ४ सय ४७ फर्म तथा कम्पनीले २०७५ असार मसान्तसम्मको कर विवरण बुझाएका छैनन् । फागुन २०७७ सम्ममा विवरण, विवरणअनुसारको कर र त्यसमा लाग्ने ब्याजको ५० प्रतिशत बुझाए जरिवाना र थप दस्तुर छुट दिइनेछ । 

‘आर्थिक ऐन २०७७ को दफा ३१ (३) मा २०७५ असार मसान्तसम्मको कर विवरण पेस नगरेका करदाताले आफूले बुझाउनुपर्ने कर विवरण, सो विवरणअनुसारको कर र सोमा लाग्ने ब्याजको ५० प्रतिशतले हुने रकम २०७७ फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, थप दस्तुर र बाँकी ब्याज मिनाहा हुने व्यवस्था गरिएको छ,’ विभागको सूचनामा उल्लेख छ ।

(यो समाचार  नयाँ पत्रिका २४ असोज २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links